राजा हरिस्चन्द्र
जस्ता सत्यवादी न त भुतमा कोही थिए, न त भविश्य मा नै कोही हुनेछन् । त्रिलोकभरमा सत्य
नै ठुलो हो, सत्य भन्दा ठुलो अरु केहि पनि हुन्न, सत्यले मात्र स्वर्ग प्राप्ती हुन्छ,
सत्य ले मात्र युगै युगसम्म किर्ति रहन्छ, यो सबैले बुज्न जरुरी छ । आज म यिनै सत्यवादी
राजा सत्य हरिस्चन्द्र को कथा सुनाउन जादैछु ।
अ्योध्या
नरेस हरिस्चन्द्रका एक सय रानी
थिए तर सन्तान थिएनन्
। यस कारणले उनि
धेरै दुखी थिए ।
मर्नु भन्दा अघी छोराको मुख
हेर्ने पिरले उनलाई सधैं सताउथ्यो ।
यही कुरा को समाधान
खोज्न उनी एक दिन
बशिष्ठ ऋषिको आश्रममा पुगे । ऋषिलाई
भेटी उनले आफ्नो पिर
मर्का बेलिबिस्तार गरे ।
"हे
गुरु कसै गरे नि
हुन्नन् छोरा मलाई अब?" हरिस्चन्द्रले
भवुक भएर सोधे ।
बशिष्ठ
ले एक मन्त्र दिइ,
पुत्र होस् भनी वरुन
भागवान को तपस्या गर्नु
भनेर सुझाए । राजा मन्त्र पाएपछी अर्ती भक्ती गर्दै वरुन्-सर तिर्थ लागे
र तपस्या गर्न थाले ।
उनि सधैं एक नदीको
तटमा बसेर तपस्या गर्थे
। त्यस नदीमा पानी
खान सधैं एउटा हरिण
आउने गर्थ्यों । एक दिन
अचानक एउटा बाघले हरिणलाई
पानी खदैं गर्दा समात्यो
। आफ्ना तिखा दाँतले हरिणको
छाला च्यात्न थाल्यो। हरिण पिडाले कराउन
थाल्यो र राजाको ध्यान
टुट्यो । उन्ले आफ्नो
अगाडी हरिण तड्पिरहेको देखे
। हरिण
को पिडा असह्य भएर
हरिस्चन्द्र ले बाघलाई भने,
"हे बाघ! त्यो हरिणलाई
छाड्दे, त्यस्को सट्टा बरु म आफ्नो
मासु कटेर दिन तयार
छु ।
यस्तो
कटु त्याग देखेपछी, बाघ रुप धाराण
गरेर आएका वरुनजी देखा
परे र भने, "हे
राजन्, तिमी देखी म
खुशी भए, आफ्नो इच्छा
अनुसार बर माग ।"
वरुन
को कुरा सुनेर राजा
को खुशी को सिमा
रहेन । दुबै हात
जोडेर अति नम्रता का
साथ उन्ले बिन्ती गरे,"मेरा छोरा छैनन्,
हे वरुन देव, मलाई
छोरा दिनुहोस् ।"
राजाको
बिन्ती सुनेर वरुनले भने, "तिम्रो भाग्यमा छोरा छैनन् ।
तर छोराको मुख मात्र हेर्छु
भन्छौ भने, एउटा प्रतिज्ञा
गर्नु पर्छ ।"
"छोराको
मुख हेर्नको लागि म जुन्सुकै
प्रतिज्ञा गर्न नि तयार
छु, हे देव ।"
"तिम्रो
पुत्र हुनेछ, तर जन्मेको शिशु
यज्ञमा बलि दिनु पर्ने छ । यो
कबोल गर अन्यथा अरु
कुनै उपाय छैन् ।"
राजा
ले मनमा बिचार गरे
। छोरा को मुख
हेर्न पाए कम से
कम पित्री ऋण त छुट्छ
भन्ने सोचेर "हुन्छ" भनी दिए ।
राजालाई
पुत्र को बलि दिने बाचा
गराएर वरुनजी अन्तर भए । राजा
पनि पुत्र पाउने आशा मा खुशी
भएर दरबार फर्किए र आफ्ना एक
सय रानी लाई सबै
कुरा सुनाए ।
राजाकी
पटरानी शैव्याले केहि दिनमै गर्भ
बोकिन । चारैतिर यो
समाचार हर्ष उल्लासका साथ
फैलियो । समय बित्यो
र एउटा सुन्दर शिशुको
जन्म भयो । ब्राह्मणहरुले
वेद पाठ गरे, हवन
गरे, सबै तिर मंगल
नै मंगल भयो ।
राजा पुत्र पाएकोमा एकदम हर्षित थिए ।
ब्राह्मण र दुखीहरुलाई असंख्य
द्रब्य र गौदान गरे
। चारैतिर उत्सव छाएको थियो, नाबालक युवराजलाई हेर्नेको भिड लगेको थियो
। त्यही भिड मा वरुनजी
पनि समान्य मनिसको भेषमा उपस्थित थिए । उन्ले
राजाको छेउमा गएर भने,"राजन्
पुत्र पाएको खबर सुनेर म आएँ ।
अब अरु सबै काम
छाडेर यज्ञको तयारी गर ।" वरुनको
कुरा सुनेर राजा हडबडाए। उन्ले
वरुनलाई बिन्ती गरे, "हे नाथ, म
यज्ञ अबश्य गर्ने छु, तर आहिले
रानी सुत्केरी छिन्, शिशु पनि अशुद्ध
छ । यसको न्वारन
र ब्रतबन्ध पछी यो शुद्ध
हुनेछ । कृपा गरी
त्यती समय मलाई दिनुहोस्
।"
राजाको
यस्तो पुकार सुनेर वरुनले भने,"राजन्, तिमीलाई म समय दिन्छु
। आहिले त म जान्छु
तर यज्ञ गरेनौ भने
सब नास हुन्छ, यो
बिचार पुर्याउनु ।"
यती भनी वरुनजी फर्किए
।
यता
शिशुको न्वारन गरियो र शुभ लग्न
थपेर नाम रोहित रखियो
।
केहि
समय बित्यो, रोहित पनि ठुला हुँदै
गए । राजाले एक दिन गुरु
बशिष्ठसँग ब्रतबन्ध को कुरा गरे
। ब्रतबन्ध मै बलि दिने पनि
निश्चित भयो । रोहित
यो कुरा सुनेर एकदम
डराए । उनि भागेर वनमा
बस्न गए । यही
बिचमा एकदिन वरुनजी आए । वरुनजीलाई देखेर
राजा एकदम डराए र सबै
हाल सुनाए र बलि दिन असमर्थ रहेको बताए । राजाको
कुरा सुनेर वरुनजी अत्यन्तै क्रोधित भए । आफुले
गरेको प्रतिज्ञा पुरा गर्न नसकेको
भनी वरुनजी ले राजालाई श्राप दिए । छोरा
को शोक र वरुनजी
को श्रापले राजालाई एकदम कमजोर बनायो
। सबैतिर राजाको हालतको हल्ला चल्यो । यो कुरा
रोहित ले पनि चाल
पाए र घर फर्कने
निर्णय गरे । रोहित
घर जाने तयारी गर्दै मात्र थिए देवराज ईन्द्र
प्रकट भए र रोहितलाई
रोके ।
"आत्मा
हो सबै प्राणधारीको छोरो
भनेको जति, हे बाबु!
अहिले गयौ यदी भने,
हुनेछ तिम्रै खति ।"
ईन्द्रको
कुरा सुनेपछी रोहितले अझै केहि समय
वनमै बस्ने बिचार गरे । यता
राजा झन झन व्याकुल
हुँदै गए । एक
दिन उनि आफ्ना गुरु
बशिष्ठलाई भेट्न गए र आफ्नो
सबै वृतान्त सुनाए । ऋषी बशिष्ठले एउटा
उपाय सोचेर भने,
"छोरो
जस्तै अर्को किनेर, अधिराज, यो यज्ञ गर्नु
पर्यो, छोरा नै
हुन्छ किनेपछी बुझिलिनुहोस्, शास्त्रोक्त्को बात यो ।"
ऋषि बशिष्ठको
सल्लाह लि राजाले त्यसै
गर्ने निर्णय लिए र एउटा
ब्राह्मण पुत्र खोज्न मनिस पठाए ।
आफ्नो पुत्र बलि दिनको निम्ती बेच्न को तयार हुन्थ्यो
र? धेरै खोज पछी
अन्त्यमा अजिगर्त नामक अति दरिद्र
ब्राह्मण आफ्नो छोरो बेच्न तयार
भयो । उस्का तीन
छोरा थिए । सल्लाह
गरी जेठो छोरो बाबु
तिर भयो, कान्छो आमा
तिर, महिलो लाई बेचिदिए ।
उस्को नाम शुनसेफ थियो
। शुनसेफलाई लिएर राजाका मान्छेहरु अयोध्या फर्किए
। राजाले एक बिशाल यज्ञ
को तयारी गरे । बलि
दिनको लागि शुनसेफलाई यज्ञको बिच मा ल्याईयो ।
आफ्नो बलि दिन लागेको कुरा थाहा पाए पछी शुनसेफ
रुन करउन थाल्यो ।
सिपहीहरुले उस्को मुख बाध्दिए ।
बलि दिने बेला भयो, तर
कोही पनि अघी सरेनन्
। राजा आकुल भए
। कसो गर्ने थाहा
भएन । बलि दिन अगाडी
आउनेलाई उचित इनाम दिने
घोषणा गरे
। तर इनाम को
लागि एक बालक को
बलि दिन कोइ तयार भएनन्
। इनाम को कुरा
सुनेपछी भिड बाट अजिगर्त
अगाडी आयो । मागे
जती द्रब्य दिने भए उ आफ्नै छोराको
बध गर्न तयार भयो
। त्यो पापी को
त्यस्तो कुराले सबै तिर कोलाहल
मच्चियो । सबैले अजिगर्तलाई चण्डाल्, अधर्मि, निस्ठुर पापी भनेर गाली
गरे । तर धनको लोभमा उस्लाई
अरुको गालीले छोएन । खड्ग लिएर आफुलाई मार्न आउदै गरेको आफ्नै बाउ लाई देखेपछी शुनसेफ
झन जोडले रुन थाल्यो । यज्ञमा उपस्थित ऋषि बिश्वामित्र यो सब हेरिरहेका थिए । एउटा
बाउले आफ्नै छोरा को बध गर्न लागेको उन्लाई सह्य भएन । उन्ले अघी बडेर राजालाई यो पाप
रोक्न निर्देशन दिए, अनि त्यो बालकको छेउमा गएर उस्लाई वरुनजीको मन्त्र सिकाई जप गर्न
लगाए । बालकले पनि ऋषिले भने अनुसार गर्यो । बलाकको जपको प्रभावले वरुनजी प्रकट भए
। यज्ञको दसा देखेर वरुनजीले भने,"हे राजन्, पाप बाट कुनै यज्ञ सिद्ध हुँदैन ।
यो बलाक लाई छाड्देउ, बलि दिनु पर्दैन, तिम्रो यज्ञ पूर्ण भयो । तिमी अब श्राप बाट
पनि मुक्त भयौ ।" यती भनेर वरुनजी अन्तर्ध्यान भए ।
वरुनजीको आज्ञा
पाएर राजा हर्षित भए
। उनि नम्रताका साथ
वरुनजीको प्रार्थना गर्न थाले ।
त्यतिकैमा शुनसेफले भन्यो,"म मर्ने थिएँ,
तर अब बाचेंको छु
। हे धर्मज्ञ समाज
भन अब म कस्को
पुत्र हुँ ?" शुन्सेफको प्रश्न सुनेर सबै मुखामुख गर्न
थाले । ब्राह्मणले बेचेको
र राजाले किनेकाले, यो राजाको छोरा
भन्नेहरु अगाडी आए, अरुले यो
तर्कको समर्थन गरे । त्यतिकैमा
ऋषि बशिष्ठले भने,"बेच्ने बाबु हुँदैन, मार्नका
लागि किन्ने पनि बाबु हुन
सक्दैन, विश्वमित्रले करुणा गरी ज्यान बचाइदिए,
अब यस्को बाबु तिनै भए
।" बशिष्ठको कुरा कसैले काट्न
सकेनन् र अन्त्यमा बिश्वमित्रले
शुन्सेफलाई घर लिएर गए
।
यज्ञको
पूर्णता संगै अयोध्यामा फेरी
उत्सव छायो । राजाको रोग छुट्यो र
सबै तिर आनन्दको माहोल
भयो । रोहित पनि
घर फर्किए । राजाले छोराको
शिर चुमेर अशिष दिए ।
राजा फेरी राजकाजमा ब्यस्त
भए । सबै तिर
खुशीयली छाएको मौकामा राजाले पुर्णहुती यज्ञ गर्ने निधो
गरे । यसका लागि
देशदेशान्तर बाट ऋषि र ब्रहमणहरु
बोलाईयो । राजाले पनि
लोभ नगरी दान गरे
। रत्न, दौलत्, गौ-दान सबै
प्रशस्त दान गरे ।
सबै ब्रहमण तथा
ऋषिहरुले राजाको
ठुलो मन को खुलेर
प्रशंसा गरे । यज्ञ
सकेर प्रशस्त भुयसि बोकेर प्रसन्न भएर हिड्दै गरेका
ऋषि बशिष्ठलाई बाटोमा ऋषि बिश्वमित्रले भेटे । बहुमुल्य
रत्न सहित प्रसन्न ऋषि
बशिष्ठलाई देखेर बिश्वमित्रले
सोधे,"कहाँबाट ल्यायौ यो सब ? कस्ले
दियो?" उत्तरमा बशिष्ठले पनि मन खोलेर
भने,"राजा हरिश्चन्द्रले ठुलो
यज्ञ गरि, भक्तीले दान
गरे । ति राजा
जस्ता दाता र दयालु
यो जगमा अरु कोही
छैन् ।" बशिष्ठको कुरा सुनेपछी बिश्वमित्रलाई
राजाको परिक्षा लिने लहड उठ्यो
।
स्वर्गमा
भगवान ईन्द्रको दरबारमा बसन्तको उत्सव चलिरहेको थियो । स्वर्गदीका
देव्, ऋषिमुनीहरु, श्री बिष्णु, ब्रह्म,
शिव्, ईन्द्र, आदी देवताहरु सबै
आफ्ना पत्नीका साथमा उपस्थित थिए । रम्भा,
रति, उर्बशि, आदी स्वर्गका अप्सराहरु
दिव्य प्रकारले शृङार गरी मस्त तालमा
नाची रहेका थिए । बसन्तको वायु
र स्वर्गको परागमा रमेर नाच्दा, उनिहरुले
आफ्नो होस हवास गुमाई
सकेका थिए । नाच्दा नाच्दै उनिहरुको
सबै बस्त्र उत्रेको पनि उनिहरुले
पत्तो पाएनन् । निर्वाङ्ग अवस्थामा
पनि
अरु केहि कुराको वेवास्ता गरी
उनिहरु नाची नै रहे
। यस्तो कुरिती देखेर भगवान बिष्णु क्रोधित भए र अप्सरा
हरुलाई श्राप दिए,"तिमीहरु सब मर्त्य भएर
जाओ ।"
यो घटना पछी, उत्सव
समाप्त भयो । अप्सराहरु
ईन्द्रसँग गएर गुहर गर्न
लागे । ईन्द्रले भने,"तिमीहरु मर्त्य भएर बिश्वमित्र ऋषिको
अश्राम नेर गएर बस्नु
। कुनै दिन राजा
हरिश्चन्द्रले स्पर्श गरिदिए भने तिमीहरु श्राप
मुक्त हुनेछौ ।" ईन्द्र को सुजाबको पालना
गरी अप्सराहरु बिश्वमित्र ऋषिको कुटी नजिक बस्न
थाले । एकदिन ऋषिको
बगैंचामा फुल टिप्दै गर्दा
धेरै समय लगाएपछी, ऋषि
क्रोधित भएर
"तिमीहरु त्यै बेर्हिइ बस",
भनी श्राप दिए । अप्सराहरु
त्यै बगैंचामा बेरिएर बसिरहे ।
केहि
समय पछी, एकदिन राजा
हरिश्चन्द्र सिकार खेल्दै त्यही बाटो आइरहेका थिए
। अप्सराहरुले राजालाई देख्ने बित्तिकै भगवान ईन्द्रको कुरा सम्झेर राजालाई
गुहर्न थाले । राजा
पनि गुहार सुनेर बगैंचा नजिक आएर हेर्दा त फुलको बोटहरुमा
बेरिएर बसेका अप्सराहरुलाई भेटे । अप्सराहरुले पनि राजालाई सबै कुरा सुनाए । राजाले
पनि उनिहरु प्रती दया देखाई श्राप बाट मुक्त गरिदिए, अनि बोटका हागा काटेर मुक्त गराइदिए
। श्रापबाट मुक्त भएपछी अप्सराहरु स्वर्ग तर्फ प्रस्थान गरे ।
बेलुकी बिश्वमित्र
कुटीमा फर्किदा आफ्नो बगैंचाको हालत देखेर एकदमै रिसाए । उनले यो सब राजा हरिस्चन्द्र को कर्तुत हो भन्ने
थाहा पाएपछी बदला लिने सोच बनाए र आफ्नो मायाको छलले एउटा बलियो बंदेल उत्पती गराए
। त्यस बंदेललाई राजाको बगैंचा बिध्व्ङ्स गर्न पठाए । त्यो बंदेलले दरबारको फुलबारीमा
पसेर, वरिपरी उफ्रेर ठुलो उपद्रो मच्चायो । राजाका सिपहीहरुले जती प्रयास गरे पनि बंदेललाई
बसमा राख्न सकेनन् । अन्त्यमा केहि नलागेपछी उनिहरुले सबै कुरा राजा समक्ष पुर्याए
। राजा पनि त्यस्लाई म नै मार्छु भन्दै बहिर
आए । राजाले बंदेल लाई ताकेर हानेको बाण बंदेल लाई लागेन, बंदेल चम्केको बिजुली जसरि
एकै क्षणमा गायब भयो । राजालाई पनि आफ्नो बगैंचाको हालत देखेर रिस उठ्यो र त्यस्लाई
मारेरै छोड्छु भन्दै आफ्नो अश्व चडेर बंदेलका पछी लागे । बंदेललाई खोज्दै राजा जंगलको
धेरै भित्रसम्म पुगे जहाँ ऋषि बिश्वमित्र उनलाई ढुकेर बसेका थिए । राजालाई देख्ने बित्तिकै,
"मेरो बगैंचा नस्ट पारेको दण्ड पायौ हैन", भन्दै गिज्याए । राजाले पनि बंदेल
त बिश्वमित्रको छल मात्र रहेछ भन्ने बुझे र सबै कथा सुनाए । आफुले अप्सराहरुलाई मुक्त
गर्नको लागि मात्र बगैंचाको हागा काटेको स्पष्ट पारे । आफ्ना राज्यमा भएका सबैको प्राणको
रक्षा गर्नु आफ्नो राज धर्म भएकोले आफुले आफ्नो धर्म निभाएको कुरा बिन्ती गरे । बिश्वमित्रले
पनि मौकाको फाइदा उठाउँदै भने,"हे राजन्, यदी जिवन रक्षा धर्म हो भने, दान झन
ठुलो धर्म हो ।" यती सुन्ने बित्तिकै राजाले ऋषिको आसय बुझे र भने,"म हरिस्चन्द्र
हुँ, झुटो कहिल्यै बोल्दिन्, तपाईंलाई इच्छा लागेको कुरा माग्नुहोस् म पुराउँछु ।"
बिश्वमित्रले पनि आफ्नो चतुराँई प्रयोग गर्दै भने," ऋषि बशिष्ठले मलाई तपाईंका बारेमा भनेका
थिए कि तपाईं जस्ता सत्यवादी र दाता अरु यो जगतमा कोही पनि छैनन् भनेर । मेरो छोराको
बिहेको निम्ती यज्ञ गर्नु छ, मलाई त्यस्को निम्ती दान दिनुहोस् ।" राजाले पनि
प्रतिज्ञा गरे,"तपाईंको आज्ञा अनुसारको दान गर्ने छु, मग्नुहोस् के इच्छा छ ?"
राजाको प्रतिज्ञा
सुनेपछी ऋषिले मौकाको फाइदा उठाउँदै राजासँग उनको सबै राज्य धन मागे । राजाले पनि ऋषिले
मागे जती सबै दिए । तर ऋषिलाई त्यतिले पुगेन । ऋषिले अझै माग गरे । राजाले पनि आफ्नो
सबै कुरा ऋषिलाई सुम्पिइ रानी र छोरा लाई लिएर काशिपुरी जाने निधो गरे । केहि पछी अरु
दान चढाउने बाचा गरेर राजा बिदा भए । सधैं सुखमा रमेकी रानी दुखी भएर सँगै लागिन ।
छोरा पनि आँशु खसाँउदै रुदै हिड्यो । प्रजाहरु छाती पिटी पिटी रुन थाले । पुरै राज्यमा
शोक फैलियो । राजा हरिस्चन्द्र जस्ता धर्मत्माको पनि यस्तो दिन आयो भनेर सबै निरास
भए । काशी पुगेर राजा स्नन गरेर, ऋषिलाई कसरी
थप दान पुराउने भनेर सोच्दै थिए, अचानक बिश्वमित्र त्यही आइपुगे । "ल समय सकियो,
मलाई दान चहियो," बिश्वमित्रले भने । राजाले भर्खर आधा दिन मात्र भएको जिकिर गर्दै
अझै समय रहेको तर्क गरे । बिश्वमित्र पनि, "ल ठिकै छ म घुमेर आउछु", भनेर
हिडे । राजा संकटमा परे । ब्राह्मणको ऋणी भएर मर्नु भन्दा बरु आफु बेचिन्छु भन्ने सोचे
। त्यही निस्च्य गरेर अघि बढ्न लाग्दा, रानी अगाडी आइन् र भनिन्,"हे राजन्, धैर्य
गर्नुहोस्, ऋषिलाई दिएको बचन पुरा गर्नु पर्छ । बरु मलाई बेचेर भए पनि ऋषिलाई दक्षिणा
दिनुहोस् ।" रानी को कुरा सुनेपछी राजा छाती ठोक्न थाले । परिस्थिती सहन नसकी
राजा रुन लागे । यता बाबु रोएको देखेर छोरो पनि भुइमा लडिबुडी गरेर रुन थाल्यो ।
"विधाता को विधानमा मान्छेको जिवनमा सुख दुख दुबै हुन्छ । यसरी रोएर हुँदैन ।
अब कि त कतै धन मिल्छ कि माग्न जानुहोस्, नभए मलाई बेच्नुहोस । तपाईंलाई छोरो चाहिन्छ,
मलाई बेच्दा धेरै द्रब्य पनि प्रप्त हुन्छ ।" रानी को कुरा सुनेर धैर्य धारण गर्दै
राजाले भने,"क्षेतृय धर्म भनेको दान दिनु हो, कसरी अरु सँग माग्न जानु ? दिनु
शिवाय लिनु कदापी धर्म हैन । अरु सँग मागेर लिए सत्य नाश हुन्छ, यस्तो कुरा मलाई नसिकाउ
प्रिये । तर म तिमीलाई बेच्न पनि सक्दिन । बरु म अफै बेचिन्छु । तिमी छोरालाई पालेर
राख्नु ।" राजाले रानी लाई सम्झाउदै
गर्दा, बिश्वमित्र प्रकट भए र भने,"अब त सबै म्याद सकियो । म खाली हात फर्कने
छैन ।" रानीलाई मनमा दिक्क लाग्यो, उनले भनिन्,"अब त समय पनि सकियो, ऋषिलाई
दान नदिए, श्राप दिन्छन् । मैले छोरो पाइसके, अब तपाईंलाई मेरो आवश्यकता छैन, मलाई
बेचिदिनुहोस् । कठोर मन बनाई राजाले रानीलाई बजारमा लिएर गए र बेचिदिए । उता बिश्वमित्र
ऋषि नै रुप बदलेर आएर रानीलाई दासीको रुपमा किने । ऋषि ले रानी लाई लिएर जान लाग्दा
छोरो पनि रुदै आमा लाई पुकार्दै पछी लाग्यो । रानीले हात जोडेर बिलाप गरिन्,"हे
नाथ, यो पुत्र पनि लिनुहोस्,यसको मोल पनि दिनुहोस् । यसले मलाई छाड्न सक्दैन र म पनि
यसलाई कसरी छाडौं ? ऋषिले छोराको पनि मोल दिए । रानी राजाको छेउमा गईन र राजाका चरण
समाती गह भरी आँशु पर्दै भनिन्,"हजुर चिन्ता नमानी रहनुहोला । जती धर्म र दान
मैले गरेकी छु, जन्म जन्मअन्तरलाई हजुरकै दास भएर बस्न पाउँ ।"
"मेरो
प्राण मेरो साथ छोडी दासी भै बेचिएर जानु, मेरो कर्म कस्तो? हे बिधता कस्तो निर्दयी
। सत्य भन्दा ठुलो अरु केहि छैन, के सत्य छाडुँ, कि कसो गरुँ ?" राजा बिलौना गर्न
थाले । त्यतिकैमा राजा मुर्छा परे । रानी र
छोरालाई धनीले लछारेर लिएर गयो । मुर्छाबाट उठेपछी फेरी रानी र छोरा लाई सम्झेर राजा
अत्यन्तै दुखी भए । छाती पिटी पिटी फेरी रुन थाले । "मैले धर्म छाडेर सत्य थामे,
आज म मरे तुल्य भए । मेरी प्यारि, कत्रो साहस तिम्रो, कस्तो धैर्य तिमी । फेरी कहाँ
भेटुला तिमीलाई, कहिले भेटुला ?" ऋषि फेरी टुप्लुक्क आइपुगे । राजाले सबै द्रब्य ऋषिलाई चडाईदिए । तर
ऋषि मानेनन्,"मलाई यती दक्षिणाले पुग्दैन, अझै देउ, नभए श्राप दिन्छु ।"
ऋषिको कुरा सुनेर राजा अत्यन्तै चिन्तित भए । लामो सास फेरेर उठे अनि वरिपरी हेरेर
भने,"कोही छ किन्ने ? म बेचिन तयार छु ।"
राजा को यो
उध्घोष सुनेर धर्मराज यिनको परिक्षा लिउँ भनी आए । चण्डाल को स्वरुप बनाईइ राजालाई
किन्न तयार भए । यता ऋषि रिसाएर चाडो गर भन्न थाले । राजाले बिन्ती गरे,"यस्तो
चण्डालको कमारा कसरी बनौं ? बरु तपाईं नै मलाई आफ्नो दास बनाएर राख्नुहोस् । राजाको
कुरा सुनेर ऋषिले लौ त भनेर राजालाई दास स्विकारे । राजा ले पनि केहि राहतको सास फेरे
। तर एकै क्षणमा ऋषिले चण्डालसँग द्रब्य लिएर राजालाई बेचिदिए । ऋषि द्रब्य पाएर खुशी
भएर फर्किए, राजा पनि डोम रुपी धर्मराज कहाँ काम गर्न थाले । मुर्दाका कपडा बटुल्ने,
डरले काँप्दै मसान को काम गर्ने भए, अयोध्याका दानविर राजा हरिस्चन्द्र । मैला लुगा,
मैलो शरिर लिएर चण्डालको दास भएर कष्ट सहिरहेका हरिस्चन्द्रको अर्को परिक्षा लिने धर्मराजजीले
बिचार गरे । उनि एक सिद्ध जोगीको भेष धारण गरी राजाका अगाडी आएर भने,"हे राजन,
मलाई तिम्रो मद्दतको आवश्यकता परेर आएको हुँ । मेरो बिघ्नबाधाहरु तिम्रो सत्यताको शक्तीले
हटाइदेउ । तिमीले यती गरिदिए मेरो धन्, वैभब बढ्ने छ र मेरो कल्याण हुनेछ ।" जोगी
रुपी धर्मराजका कुरा स्विकार गरी हरिस्चन्द्रले आफ्नो सत्यताको शक्ती प्रयोग गरी ति
ऋषिको सबै बाधा अड्चनहरु हटाइदिए । आफु सँग भएको एउटा कन्तुर पनि जोगीलाई शुभ लाभ होस् भनी दिएर पठाए
। हरिस्चन्द्रले एउटा कन्तुर समेत दिएपछी धर्मराज ले भने,"हे राजन, तिम्रो कारण
ले मलाई धन्, बैभव मनघ्य मिल्यो । तिमी पनि गरीब छौ, यसको आधा तिमी राख ।"
जोगीको कुरा
सुनेर हरिस्चन्द्रले मुस्कुरउदै भने,"म त आफु बेचिइसकेको छु, तपाईंलाई जे दिन
मन छ, मेरा मलिकलाई दिनुहोस । मेरो अब केहि कुरामा पनि हक छैन ।"
राजाको त्यागले
संसार प्रकम्पित भयो । तीन् विद्याहरु प्रकट भएर राजालाई भने,"ऋषि मुनिहरु आजिवन
तपस्या गरेर पनि हामीलाई प्रप्त गर्न बिफल भए तर तिम्रो त्याग र सत्यता देखेर हामी
तिम्रो अधिनमा रहन आएका छौं ।" विद्या देवीहरुको यस्तो कुरा सुनेर राजले भने,"हे
देवीहरुहो, कृपया जस्ले आजिवन तपाईंहरुको सेवा गरे, उनै ऋषिहरुको अधिनमा रहनुहोस्,
म अझै त्यो लायक आफुलाई मान्दिन ।" राजाको कुरा सुनेर देवी हरु बिलाए । फेरी मृद्ङ्ग
र अरु बाजा बजाइ, अष्ट सिद्धी प्रकट भएर भने,"हामीलाई ग्रहण गर हे राजन, तिम्रो
सबै राज्य सम्पती फिर्ता गराइ तिम्रो उद्धार गरी दिन्छौं ।" अष्ट सिद्धीको कुरा
सुनेर बडो नम्र भई राजाले भने,"भिक्षा दानमा दिएको धन फिर्ता लिएर, मलाई आफ्नो
उद्धार गर्नु छैन । मलाई अब ति राजर्षी भोगको इच्छा पनि छैन । मलाई केहि पनि चाहिंदैन,
म यती मै धेरै खुशी छु ।"राजाका कुरा सुनेर आश्चर्यचकित भएर अष्ट सिद्धीले भने,"तिमी
धन्य छौ हे राजन । तिमी जती दयालु यो लोक मा अरु कोही छैन । तिम्रो तरिफ गर्ने क्षमता
हामीसँग छैन ।" यती भन्दै अष्ट सिद्धी बिलाए । राजा को यो सबै त्याग र सत्यताको
यात्रा, देवराज ईन्द्रले नियलिरहेका थिए । राजाको सहनता को परिक्षा लिन ईन्द्रले तक्षक नागलाई पठाए ।
उता
रानी र छोरा, बिश्वमित्रकहाँ
काम गर्न थाले ।
एक दिन रोहित आफ्ना
साथीहरु सँग खेल्दै घारी
जंगल तिर गए ।
त्यसै बेला झाडीबाट तक्षक
नाग निस्केर रोहितलाई डस्यो र उहि बेला
उनको मृत्यु भयो । अरु
बालकहरु डराउदै शैव्या भएको ठाउँमा गएर
रोहितको मृत्यु को खबर दिए
। छोराको मृत्युको
खबर सुन्ने बित्तिकै, शैव्याको हंसले ठाउँ छोड्यो ।
उनी लडिबुडी गर्दै रुन थालिन्, छाती
पिट्दै चिच्याउन थालिन । बहिर शैव्या
चिच्याउदै रोएको सुनेर ऋषि क्रोधित भएर बहिर निस्केर
गाली गर्न थाले,"सन्ध्याकालमा
अलच्छिनी भएर नरो ।
आफ्नो काम सक ।"
उनले रुदै भनिन्,"हे
नाथ, रोहितलाई सर्पले डसेर वनमा मरेको
छ अरे । मलाई
फुर्सद दिनुहोस्, म मेरो छोरालाई
एक अन्तिम पटक हेरेर आउछु
।" बारम्बार बिलाप गर्दा पनि निठुरी ऋषिले
अनुमती दिएनन् ।साह्रै जिद्दी गरेपछी आन्त्यमा,"सबै काम सकिएपछी
जानु," भनेर आज्ञा गरे
। शैव्या
गरुङ्गो मन लिएर रुदैं
रुदैं काम गर्न थालिन
। सबै काम सक्दा
मध्यरात भैसकेको थियो । आधा
रातमा शैव्या एक्ली वनमा छोरो खोज्न थालिन
। वनमा जादैं गर्दा एउटा झाडीको
छेउमा, शैव्याले रोहितको लास भेटिन । उनिलाई आफ्नो छोरो मरिसक्यो भन्ने कुराको बिश्वास
नै लागेको थिएन । रोहितको लासलाई शैव्या मायाले झुलाउन थलिन्, बोलाउन थालिन । तर रोहित
उठेन । रोहित बोलेन । "मलाई किन यस्तो शोक दिन्छौ, किन पिडा मा डुबाउछौ ? हे पुत्र,
उठ, केहि त बोल । तिमी बिना अब म के को लागि बाच्नु । सारा ज्योतिशहरु तिम्रो गुणको
तरिफ गर्थे, के त्यो सबै बेकार भयो? बिधाता पनि कती निर्दयी? यो कस्तो सजाय दियो मलाई?
उता पती को हाल के होला? कसरी बाँच्नुभएको होला? उठ न बाबु, मलाई मुमा भनेर बोलाउन
। पति, छोरा बिना कसरी बँच्नु? हे निठुर देव्, तँलाई म के भनुँ?" उनि कराउन थलिन
।
"अहो,
मेरो नसिब कस्तो? यै पुत्र को लागि यो सब भयो, आज यसले नै छाडेर गयो । निर्दयी बिधाता
अब मलाई केहि आशा बाकिं छैन । अब म आफ्नो ज्यान दिने संकल्प गर्छु ।"
आधा रातमा वनमा
एक नारी चिच्याएको र रोएको सुनेर गाउँका मान्छेहरु भेला हुन थाले । काखमा मरेको बालकको
लास लिएर कहिले हाँस्दै लास लाई झुलाउदै त कैले रुदै घच्घ्चाउदै गरेकी एउटी नारीलाई
वनको बिचमा भेटेपछी मनिसहरु शंका गर्न थाले । "यो डंकिनी हो, अन्यथा यति राती
वनको बिच मा के गरिराखेकी छे त यो? यसले यो अबोध बालकलाई मारेकी हो । यो बालक घातिनी
हो । यसलाई जिउदो राखे यसले हाम्रा बच्चाहरु पनि खान्छे ।"
यही निश्कर्ष
निकालेर मानिसहरुले शैव्या लाई कपालमा समातेर लछारदै मसानघाटमा लिएर गए । अनि त्यही चण्डालकोमा पुर्याए
जहाँ हरिस्चन्द्र दास थिए । सबैले यो डंकिनीलाई मार्नु पर्छ भन्ने सल्लाह गरे र चण्डाल लाई भने,"हे चण्डाल यो गाउँ का शिशु खाने डंकिनी रहिछ । यसलाई
कटेर हाम्रा सन्तान सुरक्षित गरिदिनु पर्यो ।" सबैको कुरा सुनेर चण्डालले हरिस्चन्द्रलाई खड्ग दिएर भन्यो,"त्यसलाई
काट ।" राजाले चारैतिर हेरेर यस्तो कार्य आँट्न नसकेर भने,"हे चण्डालपते,
अरु जस्तो सुकै काम देउ, म गरौँला तर बरु प्राण जाओस तर यस्तो काम गर्दिन । अर्का को
ज्यान लिनु त्यो पनि स्त्री ब्रहमण को ? यस्तो पाप म बाट कदापी हुनेछैन ।" आफ्नो
दास को यस्तो उत्तर सुनेर चण्डालले रिसाएर भन्यो," तलाई के को मतलब यो सब कुरा
को? तँ मेरो दास होस्, म जे भन्छु त्यो गर् । नारी ब्राह्मण मार्दा पाप हुन्छ तर दुस्कर्मी
लाई मारेको दोष लाग्दैन । मैले भनेको मानिनस भने, खम्बा मा बाधेँर छडी ले पिट्छु ।
मेरो दास भएर ज्ञानका कुरा नगर । ल यसलाई काट्", भनेर हरिस्चन्द्रलाई खड्ग दियो
।
राजाले
कष्ट मानी मानी करैले
खड्ग समाते । ति स्त्री
रानी शैव्या हुन भन्ने केहि
भेउ थिएन । रानीलाई
पनि यो चण्डालको दास
आफ्ना पति हुन भन्ने
थाहा भएन । रानीले
सास बटुलेर भनिन्,"मेरो पुत्र वनमा
मरिरहेको छ । म
उस्लाई लिएर आउँछु, अनि
बरु मलाई कट्नु ।
मर्नु भन्दा अघि म पुत्र
को मुख हेर्न चाहन्छु
।" चण्डालले केहि भनेन, शैव्या दौडिदै रोहितको लास भएको ठाउँमा
पुगिन र लास बोकेर
फेरी मसानमा फर्किन् । पुत्रको लास
काखमा राखेर रुदै आफुलाई मृत्यु
समक्ष पेस गरिन ।
अब के नै बाकिँ
थियो र बाँच्नका निम्ति
पनि । राजाले डंकिनीको
बध गर्न खड्ग उठाएका
मात्र थिए, उनको नजर
रोहितको अनुहारमा पर्यो ।
त्यो मरेको लास आफ्नै छोराको
र त्यो स्त्री आफ्नै
पत्नि भएको थाहा पाएपछी, राजा
मुर्छित भए ।
केहिबेर
पछी राजा उठे र
बिलाप गर्न थाले ।
अत्यन्तै दुखी भई रानीले
राजालाई सबै कुरा सुनाईन
। बाँधेको मन केहि खोलेर
राजालाई भनिन्,"हे नाथ, सत्य
र धर्म को पालनाको
पछी लाग्दा यो सबै भयो
। तर सत्य भन्दा
ठुलो जगतमा केहि छैन ।
यसलाई कदपी छोड्नु हुन्न
। जे हुनु थियो
भयो, अब आफ्नो कर्तव्य
निभाउनुहोस् । मन दुखी
नगरि मलाई कट्नुहोस् ।"
रानीका
यि बचन राजाले खप्न
सकेनन्, राजा विव्हल भए
। आँखा भरी आँशु
लिएर राजाले भने,"म अब धर्म
निभाउन सक्दिन । म चिता
मा जलेर मर्छु ।
हाम्रो धर्म साचों रहेछ
भने कुनै जन्ममा फेरी
भेट होला । हे
मेरी प्यारि, प्यारो पुत्र, यो कस्तो दुर्दशा
। हे दैव तेरो
केहि भरोसा छैन । हे
प्यारि अब म यो
देह छाड्छु । फेरी कहाँ
भेट होला र हाम्रो
। यसलाई नै अन्तिम भेट
माने हुन्छ ।"
"प्रभु
बिना म पनि किन
बँचुला? म हजुरकी सती
भएर देह जलाउँछु ।"
यती भनेर रुदै राजा
रानी सँगै जल्ने भनेर चितामा बसे
। मर्नु भन्दा अगाडी राजाले पन्चकोशीका भित्र बस्ने मुमालाई सम्झे । जननी ति
जगदम्बाको ध्यान गर्न थाले ।
अचानक सकल देव हरु
उनका अगाडी प्रकट भए । चितमा
जल्न लगेकालाई पख पख भन्दै
ईन्द्र देव ले रोके
। मरेको रोहित लाई पनि अमृत
खुवाएर ब्युँझाए ।
ब्रह्म,
बिष्णु, शम्भु लगायत सबै देवहरुको दर्शन
भयो । ईन्द्र ले
भने,"हे राजन, तिमीलाई
लिन हामी सबै देव
हरु आएका छौं, जाउँ
स्वर्ग, बिमान चड ।" ईन्द्रको
कुरा सुनेर राजाले भने,"म अझै पनि
यस चण्डाल को दास हुँ
। धर्म अनुसार मैले
जान उचित हुन्न ।"राजाले त्यती भन्न साथ्, धर्मराज
आफ्नो असली रुपमा आएर
भने,"चण्डाल बनेको म हुँ ।
तिम्रो सत्य बुझेर धेरै
खुशी भए । सिद्ध
बनेर तिम्रो सहयोग माग्न आएँ, तिमीले आफ्नो
कन्तुर समेत दिएउ, बिद्या,
सिद्धी सबै लोक हित
को निम्ती त्याग गर्यौ ।
अब यही सत्य को
सहराले ईन्द्रलोकमा गएर देवता सरि
भएर सारा सौख्य पदार्थ
भोग गर। "यो कुरा सुनेर
राजाले भने,"मैले देवता बन्न
सबै कुरा छाडेर गएँ
भने, मेरा प्रजाहरुको के
हुन्छ ? मैले उनिहरुलाई छाड्न
मिल्दैन । मेरो पुण्यको
साहरले सबैलाई लान मिल्ने भए
म जान्छु ।" ईन्द्रले खुशी भएर हुन्छ
भने ।
त्यसपछी
बिश्वमित्र अगाडी बडेर भने,"हे
राजन,मैले तिम्रो सत्य
बुज्न को लागि यो
सबै गरे । दुर्गती
गरायो भनेर इख नलिनु
। तिमी केहि फिक्री
नलिकन स्वर्ग जाउ । तिम्रा
भक्त प्रजाहरुलाई म डाकिदिन्छु ।"
यती भनेर ऋषिले सबै
भक्त, ध्यानी प्रजाहरुलाई बोलाईदिए र सबै सँगै
स्वर्ग प्रस्थान भए । धन्य
धन्य भन्दै सबै देवहरुले
पुष्प बृष्टि गराए ।
रोहितले
अयोध्याको राजगद्दी सम्हाले । त्यही रवि
वंशमा सबै राजाहरु प्रतापी
भए । सोही वंश
पछी रघु वंश भनेर
चिनियो जहाँ भगवान बिष्णुले
राम रुपमा अवतार लिए ।
। ।राजा श्री हरिस्चन्द्रका सरि
अरु को हुन्छ धन्यै
यहाँ ।
धन्यै
सत्य अड्याई रख्नुभयो भयो किर्ति धराताल
महाँ । ।
। ।धन्यै सकेर खप्नुभो नृपतिइले
खप्नन अरुको जन ।
राजा
हरिस्चन्द्र झै न त
भए होलान पछी कोही पुन:
। ।
0 comments:
Post a Comment